
बारा । प्रदेश–२ का अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व वहन नगरी मुनाफा केन्द्रित बन्दै गएका छन् ।
नियमन निकायको कमजोर उपस्थितिले प्रदेश २ का बैंक तथा वित्तीय संस्था सामाजिक उत्तरदायित्वमा कमजोर बनेको आरोप लाग्न थालेको छ । प्रत्येक वर्ष प्रदेश २ मा बाढी, शीतलहर तथा सरुवा रोगले निम्न वर्ग प्रभावित हुने गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरू आफैंले कार्यविधि बनाएर कुल नाफामध्ये १ प्रतिशत रकमबाट सामाजिक उत्तरदायित्वको कोष बनाएको छ ।
कोषमार्फत वित्तीय साक्षरता, दुर्गम र विपन्न वर्ग वा समुदाय, दैवीप्रकोप व्यवस्थापन, वृद्धाश्रम, शैक्षिक क्षेत्र लगायतका सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले समेत लागू गरेको छ ।
तर, बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको भने देखिँदैन ।
प्रदेश २ मा सहकारीसमेत गरी २ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्था रहेका छन् । केही वित्तीय संस्थाले मात्र वर्षमा १० हजारदेखि बढीमा ३० हजारसम्म सामाजिक योगदानका लागि खर्च गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्