१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधान र लोकतन्त्रको जित भयो– अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको जित भएको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले अदालतले संविधानको भावना र अक्षरलाई सम्मान गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले अब राजनीतिक सममतिको बाटोबाट अघि बढ्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि सहमति हुन नसक्ने बताउँदै अन्य दलसँग सहमति हुने धारणा राख्नुभयो ।