
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पनुस्थानाको फैसला सुनाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारमा आफ्नो ७० औं जन्मदिनको कार्यक्रममा ब्यस्त हुनुहुन्थ्यो ।
आफू निकटका नेता तथा कार्यकर्ताहरु सम्मिलित समारोहमा प्रधानमन्त्री ओलीले जन्म दिनको केक काट्दै हुनुहुन्थ्यो । जन्म दिन मनाउने पूर्व निर्धारित कार्यक्रम अनुसार नै कार्यक्रम गरिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’ को विमोचन समेत गर्नुभएको थियो ।
जन्म दिनको समारोहपछि प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसंग बालुवाटारमा छलफल समेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्