१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवाद्वारा सर्वोच्चको फैसलाको सम्मानसहित स्वागत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाको सम्मानसहित स्वागत गर्नुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्ने बताउनुभएको छ ।

आफूहरू पहिलेदेखि नै प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको स्मरण गराउनुभयो ।

यस्तै सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दवाव दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको पनि स्मरण गराउनुभएको छ ।