
काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका नेता महेश बस्नेतले के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको बताउनु भएको छ । बस्नेतले मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लैजान प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
‘एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईं (प्रधानमन्त्री) कै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस’, बस्नेतले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउन पनि बस्नेतले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
‘पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस।राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस।हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।’
सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दै ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद् विघटन गरी निर्वाचनमा गएको प्रक्रिया विघटन गरेको फैसलाले राजनीति एक दशकसम्म अस्थिरता र विकृतितर्फ फसेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्