
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ ।
न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा आज फेरी न्याय पाएको महशुस गरिएको उहाँको भनाइ छ ।
अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने उहाँको सुझाब छ । नेपाली कांग्रेस यतिखेर सरकारमा जानु भन्दा बाहिरै बसेर नयाँ बन्ने सरकारलाई सहयोग गर्नु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्