
काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकाल्ने जनाएको हो । जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि बिहानै देखि जुलुस निकालिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्