१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली प्रदेशका मुख्यमन्त्रीको गेटैमा वादी समुदायको धर्ना (भिडियो रिपोर्ट)


0
Shares

सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि दैलेख र कालिकोटबाट आएका वादी समुदायले धर्नामा बसेका छन् ।

जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका हुन ।

वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछाड्ने बताएका छन् । (हेर्नुहोस् भिडियो)