१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगाको देम्बाडाँडामा पर्यटकीय पदमार्ग निर्माण


0
Shares

काठमाडौं । ओखलढुंगाको देम्बाडाँडामा पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । सरकारको आर्थिक सहयोगमा खिजिदेम्बा गाउँपालिकाले देम्बाडाँडा जाने पदमार्ग निर्माण गरेको हो ।

खिजिफलाटे बजार नजिकै रहेको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडा जाने ७ सय २३ मिटर लामो बाटोमा ढुंगाको सोलिङ बिछ्याउने, सिँढी निर्माण गर्ने र अफ्ट्यारो ठाउँमा रेलिङ राख्ने काम भएको छ ।

गाउँपालिकाले देम्बाडाँडा जाने उकालो बाटोमा २ वटा प्रतीक्षालय र शौचालयसमेत निर्माण गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी गराउनु भएको छ । ५० लाखको बजेटमा यो काम भएको जनाइएको छ ।

देम्बाडाँडामा अहिले प्रदेश सरकारबाट प्राप्त बजेटबाट भ्यु टावर निर्माणको काम भइरहेको छ । ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा ओखलढुंगाकै अग्लो डाँडा हो । यहाँबाट उत्कृष्ट पहाडी भूगोल तथा सर्वोच्च शिखर सगरमाथालगायतका दर्जनौँ हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ ।