१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिँदैन: उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो ।

संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो ।

अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने पोखरेलको भनाइ छ ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सरकार संचालनमा गतिरोध सिर्जना भएपछि ताजा जनादेशका लागि जनतामा जाने प्रधानमन्त्रीको प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाएको आरोप लगाउनुभयो ।

‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ’, उहाँले लेख्नु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि मंगलबार सर्वोच्चले विघटनको विपक्षमा फैसला गरेपछि पोखरेलले यस्तो भनाइ आएको हो ।