
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु सुखद खबर भएको प्रतिक्रिया दिनु भएको छ ।
सामाजिक सञ्जालमा ट्विटरमा लेख्दै स्वामीले नेपालमा संसद पुनस्थापना भएको राम्रो खबर आएको प्रतिक्रिया दिनुभएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका स्वामीले नेपालमा लोकतन्त्र बहाली हुने आशा व्यक्त गर्नुभयो ।
सुब्रमण्यम स्वामीले लेख्नु भएको छ, ‘नेपालबाट राम्रो खबर आएको छ ।नेपालको सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्ने फैसला गरेको छ । त्यसका लागि १३ दिनको समय दिइएको छ । नेपालका लोकतान्त्रिक नेताहरु मेरो सम्पर्कमा रहेका छन् । मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ । त्यसपछि भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । मंगलबार सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विघटन बदर गरेको हो ।
अब प्रतिनिधिसभा बैठक फागुन २४ गतेभित्र बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्