१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवा र दाहालसँग ओलीको तुलना गर्दै मिश्रले भने, ‘नेतृत्वसँगै नियति फेर्नुपर्छ’


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेतृत्वसँगै नियति फेर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिसभा पुनर्स्थापनासँगै नयाँ सरकार बन्ने चर्चा चलेको समयमा अध्यक्ष मिश्रले नियति नफेरिएसम्म नेपाली राजनीति एउटै घेरमा रिङिरहने बताउँदै उहाँले नियति फेर्नुपर्ने टिप्पणी गर्नुभयो ।

बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अध्यक्ष मिश्रले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले गरेका कामहरूको तुलना प्रधानमन्त्री ओलीसँग गर्दै अब पुनः हाम्रो नियति नफेरिने बताउनुभएको हो ।

अध्यक्ष मिश्रले २०५९ सालमा देउवाले विघटन गर्दा आफैँ बाहिरिएको, २०६६ मा दाहालले सेना कब्जा गर्न खोज्दा बाहिरिएको स्मरण गर्दै ओलीले पनि संविधान कब्जा गर्न खोज्दा बाहिरिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘अब फेरि नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन, नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौं ।’