१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेजनका संस्थापक जेफ बेजोस बने संसारकै धनी व्यक्ति, बिल गेट्स तेस्रोमा


0
Shares

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म अमेजन का संस्थापक जेफ बेजोस एक पटक पुनः संसारका सर्वाधिक धनाढ्य बन्न सफल भएका छन् ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कलाई पछी पार्दै बेजोस यो वर्षकोसंसारको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । यसअघि गत जनवरीमा मात्रै बिद्दुतिय कार निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकृत एलन मस्क बिश्वका सर्वाधिक धनाढ्य ब्यक्ति बनेका थिए ।

एक महिना अघि टेस्लाको सेयरको मूल्यमा अत्यधिक बढोत्तरीका कारण एलन मस्कको कूल सम्पत्ति १ खर्ब ८५ अर्ब डलर माथी पुगेको थियो । तर एलन मस्क सेयर मूल्यमा आएको गिरावटका कारण दोस्रो स्थानमा आएका छन् ।

यो बर्ष उनको सम्पत्तिमा १५ बिलियन डलरको कमी आएको हो । ब्लूमबर्ग बिलियनर्स इन्डेक्सको पछिल्लो डाटा अनुसार बेजोस १ सय ८६ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा फर्किएका हुन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १ सय ३५ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

एजेन्सी