
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुढानिलकण्ठ जाँदैहुनुहुन्छ ।
मंगलबार प्रतिनिधिसभा पुनःस्थापना भएसँगै सत्ता सहकार्यका लागि छलफल गर्न दाहाल र नेपाल दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठ जान लाग्नुभएको हो ।
छलफलमा दाहाल–नेपाल समूहसँग सत्ता सहकार्यको विषयमा छलफल हुने देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।
देउवाले नेकपाका दुवै पक्षसँग छलफल गर्ने उहाँले बताउनुभयो । ‘सभापतिज्यूले दुवै पक्षको नेकपासँग छलफल गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘जुन पक्षसँगको वार्ता फलदायी हुन्छ, उसैसँग सत्ता सहकार्य हुन्छ ।’
प्रतिनिधिसभा पुनःस्थापनापछि कांग्रेस सभापति देउवा पुनः राजनीतिको केन्द्रमा देखिनुभएको छ । नेकपाको दुवै समूहको सत्ताप्राप्ति देउवाको निर्णयमा निर्भर छ ।
प्रतिक्रिया दिनुहोस्