१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद् बैठकअघि राजीनामा दिएर आत्मालोचना गरे पार्टी एकता सम्भव– प्रवक्ता श्रेष्ठ


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर आत्मालोचना गरेको खण्डमा पार्टी एकताको सम्भावना रहेको बताउनुभएको छ ।

स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संसद बोलाउनुअघि ओलीले राजीनामा दिँदै आत्मालोचना गरेको अवस्थामा पार्टी एकताको विषयमा तयारी हुने बताउनुभयो ।

पार्टी एकताको पक्षमा आफूहरू पहिल्यैदेखि दृढ रहेको बताउँदै उहाँले संविधान र लोकतन्त्रलाई आक्रमण गर्ने प्रवृत्तिले आफूलाई परिवर्तन नगरेसम्म पार्टी एकताको कुरा गर्नु भ्रम हुने टिप्पणी गर्नुभयो ।

‘उहाँले तत्काल राजीनामा दिएर मैलै लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका विरुद्ध गल्ती गरेँ भनेर प्रस्तुत हुनुभयो र त्यसले पार्टीका अरु साथीहरु एकताबद्ध भएर विचार, सिद्धान्त, विधि, पद्धती, कम्युनिष्ट प्रगतिशील मूल्यमान्यताका आधारमा चल्ने स्थिति पैदा भएको अवस्थमा नेपालका कम्युनिष्टहरूले चाहेको त्यहि त हो नि ।’

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । यदि १३ दिनसम्म पनि राजीनामा नदिएको खण्डमा अदालतको फैसला अनुसार प्रतिनिधिभाको बैठकबाट संविधानअनुसारको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोेच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला बताउँदै प्रतिगमन विरोधी संघर्षमा सहभागीलाई आभार तथा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ ।