
एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ ।
सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संल्गन भएको आरोपमा विमान सञ्चालकसहित पाइलटलाई जेल सजाय सुनाइएको हो ।
यस्तै घटनामा संलग्न दुई जना पाइलटलाई भने प्रवासी कामदार तस्करीमा संलग्न भएको पुष्टि नभएको भन्दै अदालतले क्लीनचिट दिएको छ ।
सन् २०१८ मा टोकियोमा दुराचारसम्बन्धी आरोपमा पक्राउ परेका घोसेनको मुद्दामा संलग्न भएको आरोप प्रमाणित भएपछि तीन जनालाई कारागार चलान गरीएको हो ।
पक्राउ परेका ती नागरिकलाई निजी विमानमार्फत ओसाकाबाट टर्की पठाइएको थियो ।
विभिन्न विवादास्पद घटनामा संलग्न भएको आरोप लागेका फ्रान्सेली, लेबनानी र ब्राजिलको नागरिकता पाएका घोस्नले २० वर्षअघि जापानमा निशान मोटरको उत्पादन सुरु गरेका थिए ।
घोस्नेलाई व्यक्तिगत लाभका लागि कम्पनीको सम्पति दुरुपयोग गरेको क्षतिपूर्तिसम्बन्धी कानुन उल्लंघन गरेको आरोपसमेत लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्