
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् ।
त्यसैगरी दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लबले प्रतिष्पर्धा गर्ने छन् ।
यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए ।
बाँसबारीले टुसाललाई ३–१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।
प्रतिक्रिया दिनुहोस्