१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो, ड्रम र ट्याङ्करमै भरेर लान्छन् भारतीयहरु


0
Shares

काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो ।

नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकतोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । सडकमार्गबाट पनि ट्याङ्कर तथा ट्रकमा पेट्रोल तथा डिजेल भरेर लाने गर्दछन् ।

वीरगञ्जबाट पेट्रोल लिएर भारतको विहारतर्फ जाँदै गरेका तीन विहारीलाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट १३ सय ६० लिटर पेट्रोलसमेत बरामद गरेको छ ।

सीमा नाकाका स्थानीय सजिलैसँग नेपालबाट पेट्रोलियम पदार्थ लिएर भारत जान्छन् । जो डराउँछन् उनीहरुले मात्रै भारतमा तेल भर्ने गर्दछन् । जसका कारण सीमा क्षेत्रका भारतीय पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको बिक्री ७० प्रतिशतले घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइराख्ने हो र यसरी नेपालबाट तेल ल्याइराख्ने भए भारतीय सीमानाकाका पेट्रोल पम्प बन्द गर्नुपर्ने अवस्था आएको नेपाल सीमामा पेट्रोल पम्प चलाएर बसेका भारतीय बताउँछन् ।

रक्सौल सीमा नजिक वीरगञ्जमा डिजेलको मूल्य हाल भारतमा भन्दा २७ रुपैयाँ ५० पैसा सस्तो छ ।भने पेट्रोलको मूल्य २३ रुपैयाँ कम छ ।

नेपालमा किन सस्तो ?

नेपाल पेट्रोलियम पदार्थका लागि भारतसँगै निर्भर छ । तर भारतबाट खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थ नेपालमा सस्तो हुनाका कारण नेपालमा देशभर एउटै कर प्रणाली छ । तर भारतमा भने उत्पादन शुल्क र राज्यमा कर दुवै तिर्नुपर्छ ।

भारतमा उत्पादन शुल्कमा लिइने कर भन्दा नेपालको कर सस्तो छ । जसका कारण भारतमा पेट्रोलियम पदार्थ महंगो छ । हाल नेपालमा प्रतिलिटर ४० रुपैयाँ कर लिइन्छ । जहाँकी भारतमा उत्पादन शुल्क र कर गरी ५० रुपैयाँ भन्दा बढी लिइन्छ ।

सीमावर्ती मानिसका लागि नेपाल वा भारत आउजाउ गर्न सजिलो छ । हाल नेपालले भारतीयलाई नेपाल प्रवेशमा केही कडाइ गरेको छ तर त्यो नेपाल घुम्न आउनेका लागि हो सीमाका स्थानीयका लागि हैन् । तसर्थ पनि नेपालबाट भारतमा खुलेआम तस्करी भइरहेको छ ।