
काठमाडौं । पूर्व प्रधानसेनापति प्रज्वल्ल शमसेर जबराले सैन्य सेवाको त्रिचालीस वर्ष अवधिमा हात पार्नुभएका सजावट सामग्री सैनिक संग्रहालयमा हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो ८०औं जन्मदिनको अवसरमा पूर्व सेनापति जबराले सेनापति पूर्णचन्द्र थापालाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्राप्त सामग्रीको संरक्षण तथा भावी पुस्ताको लागि अध्ययनका निम्ति सहज होस् भन्ने उद्देश्यले सामग्री संग्राहलयलाई हस्तान्तरण गरिएको जबराले बताउनुभयो । उहाँले सैन्य इतिहास प्रवर्ध्दन गर्नका लागि हस्तान्तरण गरेको स्पस्ट पार्नुभयो ।
संग्रहालयमा उपलब्ध सामग्री अध्ययनको स्रोत बन्ने प्रधानसेनापति थापाको विश्वास छ । उहाँले सामग्रीले सैनिकको विषयमा अध्ययनका लागि थप सहजता प्रदान गर्नेसमेत बताउनुभयो ।
सो अवसरमा प्रधानसेनापति थापा तथा पूर्व सेनापति जबराले सैनिक संग्रहालय परिसरमा वृक्षारोपण पनि गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्