२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको हो ।

प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नयाँ सरकार गठनका विषयमा सभापति देउवालाई आएको प्रस्तावको विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिको विषयमा पनि छलफल हुन कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिनुभयो ।

पछिल्लो राजनीतिक परिवेशमा नयाँ सरकार बनाउन कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा ६१ सांसद रहेको कांग्रेससँग नेकपाको ओली र दाहाल–नेपाल दुवै पक्षले सहकार्य गर्न चाहिरहेको छ ।