
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबको प्रधानमन्त्री फेरि पनि केपी शर्मा ओली हुने दाबी गर्नुभएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले फेरि पनि देशको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने ठोकुवा गर्नुभएको हाे । उहाँले भन्नुभयो, ‘दोहाेर्याएर रेकर्ड गर्नुस्, अबको प्रधानमन्त्री फेरि पनि केपी ओली बन्नुहुनेछ ।’
उपप्रधानमन्त्री पाखरेलले सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा आवश्यक परे संसदीय दल र प्रतिनिधिसभाको सामना गर्न आफूहरु तयार रहेको बताउनुभयो । साथै उहाँले संसदीय दलमा बहुमत देखाउन दाहाल–नेपाल समूहलाई चुनौती समेत दिनुभयाे ।
पोखरेलले सत्ता समिकरणका लागि सबै राजनीतिक दलहरूसँग छलफल गर्ने बताउँदै दाहाल–नेपाल समूहसँग एकता सम्भव नभएको स्पस्ट पार्नुभएको छ । यसबीचमा केही शीर्ष नेताहरूले भने विभिन्न शर्तहरू पालना गरेको खण्डमा अझै पनि एकता सम्भव रहेको बताउँदै आएका थिए । उहाँले प्रनिनिधिसभा पुनःस्थापना पछि मुलुकको भविष्य अन्धकार र अस्थिरतातर्फ धकेलिएको बताउनुभयाे ।
पोखरेलसँगको अन्तर्वार्ता बिहीबार बेलुकी ८ बजे, शुक्रबार बिहान ८ बजे र दिउँसो ३ बजे ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्