१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँचपोखरीमा रक क्लाइम्बिङ सुुरु


0
Shares

किरण थापा (ईमेज)
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्गपपाल गाँउपालिकामा रक क्लाइम्बिङ सुरु भएको छ ।

गाँउपालिकाको वडा नम्बर ३ को छीम्ती भिरमा रक क्लाइम्बिङ सुरु गरिएको हो ।

पर्यटन प्रबद्धनका लागी रक क्लाइम्बिङ सुरु गरेको वडा अध्यक्ष ङिमा छिरीङ्ग तामाङले बताउनुभयो ।

नेपाल सरकारले सार्वजनिक गरेको नेपालका घुम्न लायक ठाँउमध्ये पर्ने पाँचपोखरी जाने बाटोमा पर्ने छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रता लगायतका योजना एकै ठाँउमा भएको यो एसियाकै पहीलो स्थान रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

राजधानीदेखी नजीक रहेको पाँचपोखरी पदमार्गमा पर्ने सो स्थानमा यी योजनाहरुअघि सारीएको हो ।

जुगल रेन्जका हिमाल र गाङ्गछोङम्बा हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानमा तीनवटै योजनाहरुको सुरुवात भईसकेपश्चात स्थानीय युवाहरुलाई रोजगारी पाउनुका साथै वडा र गाँउपालिकाले आम्दानी गर्न सक्ने वडा अध्यक्ष तामाङ्गले बताउनुभयो ।

कृत्रिम झरनालाई बहुउद्देश्सीय हुने गरी निर्माण हुन लागेको छ । छिम्ती भिरभन्दा पल्लो भेगमा रहेको देउराली र डुखाङ लगायतका बस्तीमा सिंचाई हुने र झरनाको दृष्यावलोकन गर्न सकिने छ ।

रक क्लाइम्बिङको पनि परीक्षण सुरु भइसकेको छ । भियाब्रताको भने डिपिआर तयार भईसकेको र छिटै काम अगाडी बढाउने योजना रहेको गाँउपलिकाले जनाएको छ ।

रक क्लाइम्बीङ्गको पहीलो दनि स्थानीयहरुले क्लाइम्बिङ गरेका थिए । रक क्लाइम्बिङ गर्ने पहिलो महीला कमला तामाङ (हिरा) ले आफ्नै गाँउठाँउमा सुरु भएको यो कामले आन्तरिकक तथा बाह्य पर्यटकका लागी नँया अनुभव हुने बताउनुभयो ।