२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका तातोपानीमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

म्याग्दीको मालिका गाउँपालिका रुमबाट बिरामी बोकेर बेनीतर्फ आउँदै गरेको जीप बेनी–दरबाङ सडकखण्ड अन्तर्गत तातोपानीमा दुर्घटना भएकोे थियो ।

मृत्यु हुनेमा मालिका गाउँपालिकाका गोविन्द रोका मगर भएको प्रहरीले जनाएको छ । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।