१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


१२ किलो गाँजासहित पुन पक्राउ


0
Shares

म्याग्दी । जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई लागु औषध गाँजासहित प्रहरीले आज पक्राउ गरेको हो ।

बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पुन बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।