
काठमाडौं । सुपरहिट फिल्म ‘कबड्डी’को चौथो तथा अन्तिम सिक्वेल निर्माण हुने भएको छ ।
शुक्रबार फिल्मका निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ ।
निर्देशक गुरुङले ‘कबड्डी’को कथालाई अब टुङ्ग्याउन यो सिक्वेल बनाउन लागेका हुन् । अहिलेसम्मका श्रंखलामा जोडिएका सबै कलाकार ‘कबड्डी ४’मा अटाउने योजनामा निर्देशक गुरुङ छन् ।
‘कबड्डी’ फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । ‘कबड्डी कबड्डी’मा निश्चलको ठाउँमा सौगात र ‘कबड्डी, कबड्डी, कबड्डी’मा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए ।
२०७८ वैशाखबाट छायांकन सुरु गर्ने फिल्म आगामी दशैँमा रिलिज गर्ने निर्देशक गुरुङको योजना छ ।
प्रतिक्रिया दिनुहोस्