
रसुवा । रसुवामा हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु भएको छ । नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध मा वि बाट अभियान सुरु गरिएको हो ।
जिल्लाका पाँच वटै गाउँपालिकामा छनौट भएका १९ वटा निम्न माध्यामिक विद्यालय र माध्यामिक विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुमा नमुना परीक्षण गरिने छ ।
अभियान अन्तर्गत विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही ४ सय ८० विद्यार्थीमा नमुना परिक्षण गरिने जुनियर इन्टोमोलोजिस्ट कार्यक्रम सुपरभाइजर दिपक कुमार साहले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र एसेण्ट नामक गैरसरकारी संस्थाले सर्वेक्षण तथा परीक्षण सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्