
काठमाडौं । निर्वाचन आयोगले नेकपाको आधिकारीक विवाद निरुपण नगर्दा पार्टी विभाजनको अभ्यास गर्दै आएका नेकपाका दुवै समूह अफ्ठेरोमा परेका छन् ।
गत पुस ५ गते प्रधनमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै फरक फरक दलको अभ्यास गरेका दुवै समूहले एक अर्कालाई कारवाही गरिसकेकाले प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै नेकपाको दुवै समूहलाई समस्या भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको दाहाल नेपाल समूहले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरीसककाले संसदीय दलको नेता को हुने भन्ने कानुनी जटिलता आएको छ ।
यता ओली पक्षले भने संसदीय दलको प्रमुख सचेतक परिवर्तन गरेकाले संसदीय दलको बैठकको आधिकारीकतामा पनि प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्