
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न त्यसतर्फ लागेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ ।
लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझमात्र सन्दीपले पीएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो ।
जिम्बावे विरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पीएसएलको बीचमा नै प्रतियोगिता छोड्नुपरेको हो । उनको स्थानमा लाहोरले लामिछानेलाई छनोट गरेको हो । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँचीतर्फ लागेका हुन् ।
यसअघि लामिछाने पीएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा रहेका थिए । लाहोर कलन्दर्सले जारी प्रतियोगितामा तीन खेल खेलेकोमा दुईमा जीत तथा एकमा हार ब्यहोरेको छ। लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्