
फाइल तस्विर
बागलुङ । मध्य पहाडी लोक मार्गले जोडिएपछि बागलुङको निसीखोलाबासीको जनजीवनमा परिवर्तन आएको छ ।
जिल्लाको सुदूर पश्चिममा पर्ने यो क्षेत्रलाई लोकमार्गले बीच भागबाटै रुकुमसँग जोडेपछि स्थानीयको जनजीवन सहज बन्न थालेको हो । यस अघि खाद्यान्नलगायतका सामान ढुवानी गर्न यस क्षेत्रका बासिन्दालाई घोडा खच्चडको प्र्रयोग गर्नु पर्ने बाध्यता थियो ।
लोकमार्गले आवातजावतमा मात्र नभइ सामान ढुवानीमा समेत सजिलो भएको स्थानीय मनबहादुर घर्ती मगरलको भनाइ छ । सडकले नजोडिदा निसीबाट बागलुङ बजार आउन जान ६ दिन पैदल हिड्नु पथ्र्यो ।
प्रतिक्रिया दिनुहोस्