
चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चितवनमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच छलफल गरी समझदारी निकालिने बताउनुभयो । राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने भन्दै उहाँले आफूले सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।
संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेकाले टीकाटिप्पणी गर्नु उचित नहुने सभामुख सापकोटाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्