
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शंखधर साख्वा पार्क निर्माण गर्न सरकारले १० लाख रुपैयाँको बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
शनिबार हेटौंडामा नेवा गुठी खलले ९० बर्ष माथिका ज्येष्ठ नागरिक र सामाजिक अभियानताहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले नेवार समुदायको संस्कृति, कला, भाषा, भेषभुषा अन्य जातिको भन्दा विशिष्ट रहेकाले हेटौंडामा शंखधर साख्वा पार्क निर्माण गर्ने बताउनुभयो ।
गुठीको प्रथम साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका अभियन्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री पौडेल र प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले संयुक्त रूपमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्