७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै ९१ रोपनी जग्गा भाडामा


0
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाइ बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरीक उड्यान प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यपारीलाई भाडामा दिने तयारी थालेको छ ।

विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जगा होटल खोल्न व्यापारीलाई दिन लागिएको हो ।
भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्धार गण (साविक उपत्याका सुरक्षा गण ) लाई हटाउन लागिएको छ।

सरकारअनुकूल व्यक्तिलाई भाडामा दिन टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ स्रोतले भन्यो । प्रधाधिकरणका महानिर्देशक राजन पोख्रेलले उक्त जग्गा ३० वर्षका लागि निजी श्रेत्रलाई होटल खोल्न दिन लागिएको स्वीकार गरे । कान्तिपुर