१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने कोरोना खोप प्रयोगको अनुमति


0
Shares

काठमाडौं । अमेरिकामा एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई प्रयोगको अनुमति दिइएको छ ।

खोप सुरक्षित र प्रभावकारी देखिएको भन्दै अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले प्रयोगको स्वीकृति दिएको हो । फाइजर र मोर्डनाको खोप भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ ।

यो खोपलाई फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न सकिन्छ । यो खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ र समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीले जुनको अन्त्यसम्ममा १० करोड खोप अमेरिकालाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बेलायत, यूरोपेली यूनियन, क्यानडा र कोभ्याक्सले पनि खोप अर्डर गरेका छन् । बेल्जियन कम्पनी ज्यानसिनले गत जनवरीमा खोपको मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। अमेरिकामा यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप भने दुई मात्रा लगाउनु पर्छ। एजेन्सी