
नवीन्द्रराज जोशी । फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।
उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ । आज बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डाक्टर राजिव झाले जानकारी दिनुभयो।
अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ । उहाँको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको जोशीका सहयोगि पुष्कर पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्