
काठामडौं । नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका २२ उद्योगलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको छ ।
२०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम भुक्तानीको लागि प्राधिकरणले ३५ करोड भन्दा बढी विल पठाएको हो ।
उद्योगीले भने उक्त महशुल मिनाहा हुनुपर्ने माग गरिरहेका छन् । ट्रंकलाइन जडान गरेको अवस्थामा उद्योगीले सामान्य लाइनभन्दा ६७ प्रतिशत बढी विद्युत महशुल बुझाउनुपर्ने हुन्छ ।
प्राधिकरणले शुल्क तिर्न ताकेता गरेपछि उद्योगीले भने आफूहरूको माग र सहमति बिनै जडान गरिएको ट्रंकलाइन बापतको महशुल तिर्न नसक्ने बताउँदै शुल्क मिनाहा हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्