
web pic
तनहुँ । तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास–२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार युवती घाइते हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्