
सुरेन्द्र भण्डारी (ईमेज)
झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ ।
औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका छन् ।
झापाको अर्जुन धाराका समतल फाँटहरु यतिबेला सेतो फुलले ढकमक्क भएको देखिन्छ ।
सधै बन्दाकोभी, गोलभेडा र अन्य तरकारी बालीले ढाकीने यी फाँटहरुमा यो वर्षदेखि यसरी सेताम्मे फूलफूल्दा यहाँको सौन्दर्य पनि निखारीएको देखिन्छ ।
झापाको अर्जुनधारामा पहिलो पटक यसरी नयाँ प्रजातीको फूलखेती सुरु गरीएको हो । व्यवहारिक ज्ञान र सिप भए त्यसै बस्नु पर्दैन भन्ने उदाहरण बनेको छ यो अर्जुनधारा ।
औषधिय गुणले भरिपूर्ण मानिएको यो केमोमेली प्रजातिको फूल खेती पहिलो पटक यहाँका कृषक ज्ञानु बरालले सुरु गरेका हुन् ।
विशेष गरी ग्रीन टी फ्लेवरका रुपमा मात्र नभई बिभिन्न सेन्ट र स्प्रेको रुपमा केमोमेली फूलको प्रयोग गरीदै आएको छ ।
यो फूल फूल्न सुरु गरेपछि सातामा दुई पटक सम्म टिप्न सकिने र असारको अन्तिमसातासम्म फूल टिप्न सकिने बताइएको छ ।
निकै बासनादारको रुपमा रहेको यो फूल टिप्दासमेत यसको सुगन्धले सबैलाई यतातिर आकर्षित गरीरहेको हुन्छ ।
यो फूलको नियमित सेवनले आँखा सम्बन्धि सबै प्रकारका रोग निवारणमा मद्दत पुग्ने, क्यान्सर रोगीलाई समेत फाइदा पुग्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, अनिद्रा र शरीर सिथिल हुदा लाभकारी हुने बिज्ञहरुको भनाई छ ।
शरीरमा भएका हङ्डीलाई मजवुत बनाउने, मधुमेह लगायतका रोगबाट समेत छुट्कारा पाउन यसको सेवन गर्न सकिने बताईएको छ ।
अर्जुनधारा नगरपालिकाले कृषकका लागि गरेको व्यवसायिक कृषि तालिममा सहभागी भएपछि बरालले परम्परागत काउली खेती छाडेर यो फूलको व्यवसायीक खेती शुरु गरेका हुन् ।
लाभकारी फूलका रुपमा रहेको यसको पहिलो पटक खेती शुरु गरेपनि फूलखेतीबाट प्रशस्त आम्दानी लिन सकिने कृषकहरुको आशा छ ।
कृषि पेशामा आत्मनिर्भर बनाउन अर्जुनधारा नगरपालिकाले कृषकलाई तालिम प्रदान गरेपछि यहाँका कृषकहरु यस खेती तर्फ आर्कषित भएका हुन् ।
परिक्षणका रुपमा पहिलो वर्ष यसको खेती गरिएपनि यहाँका कृषक यस खेती प्रति उत्साहित देखिएका छन् । केमोमेली फूल प्रतिकेजी एक हजार रुपैयाँ भन्दा बढीमा बिक्री हुने बताइएको छ ।
थोरै लगानीमा पनि प्रशस्त आम्दानी लिन सकिने कृषि विज्ञको सुझाव पछि कृषकहरुले तरकारी खेतीको सट्टा केमोमेली फूलको खेती शुरु गरेका हुन् ।
यसको फूल बिक्रीबाट मात्रै एक सिजनमा प्रतिकठ्ठा २० हजार रुपैयाँ भन्दा बढी आम्दानी लिन सकिने बताइएको छ ।
त्यसैले पनि यस्ता नयाँखेतीको बारेमा कृषकलाई ज्ञान सिप दिएर अभिप्रेरीत गर्ने हो भने यहाँका कृषक आत्मर्निभर बन्न सक्ने थिए ।(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्