
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ ।
मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा कार्यक्रम अगाडी बढाउनका लागि मन्त्रालयमा छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको उल्लेख गर्दै कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्