
काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरूलाई समानान्तर ढङ्गले अघि बढाइरहेको बताउनुभएको छ ।
सोमबार शहरी विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री साहले काठमाडौंमा बन्ने ४ स्मार्ट सिटीमध्ये ३ वटा स्मार्ट सिटीको काम अघि बढेकाले काठमाडौं बाहिरका स्मार्ट सिटीहरूलाई पनि सँगै लान खोजिएको बताउनुभयो ।
काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अघि बढाइरहेको उहाँको भनाइ छ । भन्नलाई मात्रै स्मार्ट सिटी नभइ देख्नलाई पनि स्मार्ट सिटी नै हुने उहाँको दाबी छ ।
काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रूपमा स्मार्ट सिटी निर्माण कार्य गरिँदै गरेको उहाँको भनाइ छ । उहाँले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा पनि जोड दिनुभयो ।
स्मार्ट सिटी आम देशवासीको सम्मानसँग जोडिएको महत्वकांक्षी योजना भएकाले यसलाई सबैको सरोकार जोड्ने गरी अगाडी बढाउने मन्त्री साहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्