१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप


0
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ ।

थापाले वीरेन्द्र अस्पताल छाउनीमा खोपको पहिलो डोज लगाउनुभएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनामा हालसम्म करिब ९ हजारले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

सेनाका डाक्टर, नर्स लगायत अन्य फ्रन्टलाइनर्सले खोप लगाइसकेका हुन् ।