
एजेन्सी । अमेरिकाले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोप देशका विभिन्न राज्यमा वितरण गर्ने भएको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ ।
जोन्सनको खोपलाई सामान्य तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए पुग्ने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुने बताइएको छ । अमेरिकामा जोन्सनसहित तीन वटा कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् ।
यसअघि नै फाइजर र मोडर्नाका खोपलाई अमेरिकाले स्वीकृति दिइसकेको छ । अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइृसकेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म पाँच लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्