
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ ।
निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ ।
निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ ।
यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १ मार्च बाट मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले बताउनुभयो ।
मूल्य वृद्धिपछिको बिक्री दरमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनसम्ममा निगमलाई एक अर्ब ३२ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ वृद्धि भइरहेकाले निगमले चर्को घाटा सहनुपरेको दाबी गर्दै आएको छ
प्रतिक्रिया दिनुहोस्