१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साउथह्याम्पटनलाई हराउँदै एभर्टनको शिर्ष चारभित्र पर्ने सम्भावना जिवितै


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे ।

जितसँगै एभर्टनले प्रिमियर लिगको अंक तालिकामा शिर्ष चारभित्र पर्ने संभावना जिवित पारेको छ ।

२५ खेलबाट ४३ अंक जोडेको एभर्टन सातौं स्थानमा रहेको छ । एक खेल बढी खेलेको वेष्ट ह्याम युनाईट्ेड ४५ अंकसहित चौथो स्थानमा छ ।

शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ६२ अंक जोडेको छ । उता स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको छ ।

यो बराबरीपछि रियाल मड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनालाई उछिन्ने अवसर गुमाएको छ ।

ला लिगामा २४ खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ ।

दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको रियाल मड्रिडको समान ५३ अंक रहेको छ ।