
बर्दिया । बाघको आक्रमण बाट बेपत्ता एकजनाको शव भेटिएको छ ।
बर्दिया राजापुर नगरपालिका-१० का लालबहादुर थारुको शव भेटिएको हो ।
हात्तीको सहायताले खोजी गर्दा आधा खाएको अबस्थामा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार दिउँसो गेरुवा–६ नौलोवास सामुदायिक नर्सरीमा गोठालो गएका थारुलाई बाघले आक्रमण गरेर लगेको थियो ।
बाघको आक्रमणबाट बर्दियामा एक वर्ष यता सात जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्