
नवलपुर । पूर्व पश्चीम राजमार्ग अन्तरगत नवलपुरको देवचुली २ दुम्कौलीमा गए राति सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ७०२३ र पश्चिम बाट पूर्वतर्फ आउँदै गरेको ६ ख ३०११ नं को ट्रक आपसमा ठक्कर खादाँ दुबै ट्रकका चालक मकवानपुर घर भएका ३४ बर्षीय रामकुमार न्यौपाने र कास्की घर भएका ५१ बर्षीय खिम बहादुर बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते सहचालकलाई उपचारको लागि चितवन स्थित भरतपुर अस्पताल लगिएको छ । दुर्घटना पश्चात केही समय राजमार्ग समेत अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्