
एजेन्सी । पाकिस्तान र टर्कीबीच एक दशकदेखि बन्द रहेको मालबाहक रेल सेवा पुन सुचालु हुने भएको छ ।
यही बिहिबारदेखि सञ्चालन हुन लागेको रेल सेवालाई चिनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मो महत्वपूर्ण हिस्सा मानिएको छ ।
टर्कीबाट इरानको तेहरान हुँदै पाकिस्तानको इस्लामाबाद आउने रेलले ६ हजार ५ सय ४० किलोमिटरको यात्रा पार गर्न १२ दिन लगाउनेछ ।
इस्लामाबादसम्म चिनियाँ रेलको सोझो पहुँच हुने हुनाले यो रुटलाई चिनको मध्य एसिया हुँदै युरोप जोड्ने बाटोको रुपमा लिइएको छ ।
सन् २००९ को अगष्टमा टर्की र पाकिस्तानबिच रेल सेवा सुरु भएपनि क्षेत्रीय अस्थिरता र सुरक्षाको कारण रोकिएको थियो ।
अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाईदा हुनेगरी यो सेवा पुनः सुरु गरिएको हो ।
पहिलो रेल यही मार्च ४ तारिख बिहिबार इस्तानबुलबाट पाकिस्तानका लागि छुट्नेछ ।
७ सय ५० टन सामान बोक्ने क्षमताको उक्त रेल मार्च १६ तारिख मंगलबारको दिन इस्लामाबाद पुग्नेछ ।
यो रुटको सबैभन्दा बढी भाग २६ सय किलोमिटर इरानमा पर्नेछ । टर्कीमा १९ सय ५० किलोमिटर पर्नेछ भने पाकिस्तानमा १९ सय ९० किलोमिटिर पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्