१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एकैदिन १७ सयले घट्यो सुन, चाँदीमा ४० रुपैयाँ गिरावट


0
Shares

काठमाडौं । सुनको मूल्य आज एकैदिन १ हजार ७ सयले घटेको छ ।

हिजो ८८ हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन १ हजार ७ ले घटेर ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनको मुल्यमा कमी आएको हो । यस्तै आजै चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।

हिजो १३ सय ३० रुपैयाँ तोलाको कारोबार भएको चाँदीको मुल्य आज ४० रुपैयाँले घटेर १२ सय ९० कायम भएको हो ।

अन्तराष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय १४ डलर हाराहारीमा कारोबार भइरहेको छ । विश्व बजारमा खोपको सकरात्मक समाचारसँगै सुनको मूल्यमा पनि कमी आएको हो ।