
काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । तर, आगमन वृद्धिदर भने न्यून छ ।
अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ पर्यटक नेपाल आउँदा फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक नेपाल भित्रिएका छन् ।
यसबीचमा भारतबाट सबैभन्दा बढी ८ हजार ७ सय ९१ पर्यटक नेपाल आएका छन् । नेपाल र भारतबीच सिधा हवाइ सम्पर्क खुलेसँगै भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ भने स्थलमार्गबाट आउनेहरू पर्यटकमा गनिदैँनन् ।
यस्तै पछिल्लो दुई महिनामा चीनबाट २ हजार ५ सय ८५ जना पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट जनवरीको तुलनामा फेब्रुअरीमा आगमन घटेको तथ्यांक छ । चीनबाट फेब्रुअरीमा मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।
तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८ सय ७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा १ हजार १ सय २० अमेरिकी पर्यटक नेपाल आए ।
प्रतिक्रिया दिनुहोस्