
डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचय पत्र बनाउन ६३ हजारभन्दा बढीले विवरण भरेका छन् ।
जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरमा ६३ हजार ४ सय ६ जनाले विवरण भरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।
गत पुष २ गतेदेखि जिल्लाका स्थानीय तहका विभिन्न वडाहरूमा शिविर सञ्चालन भएको थियो । नागरिकता लिएका करिब डेढ लाख जनसंख्या भए पनि परिचयपत्रका लागि जम्मा ६३ हजारले विवरण भरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्