
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बि एण्ड सी अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूहरूले प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमनत्री ओलीले शिक्षण अस्पताललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने उहाँले बताउनभुयो । उहाँले प्रक्रिया अघि बढिसकेकाले छिट्टै नै सम्बन्धनको प्रक्रिया पूरा हुने प्रतिबद्धता जनाउनुभयो ।
सम्बन्धनका लागि आवश्यक कानुनी मापदण्ड नपुगेको भन्दै विवाद भइरहेका बेला प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले बि एण्ड सी अस्पताल मात्र नभएर शिक्षण अस्पतालको रूपमा विकास हुने बताउनुभयो ।
आफूहरूलाई स्वास्थ्य उपचारको लागि अस्पताल बनाउन लागे पनि केही व्यक्तिहरू अनसन बस्न थाल्छन् भन्दै उहाँले डा. गोविन्द केसीको कटाक्ष गर्नुभयो ।
बि एण्ड सी अस्पताल व्यापारी दुर्गा प्रसाईंले सञ्चालन गरेको अस्पताल हो । प्रसाईंसँग प्रधानमन्त्री ओलीको अत्यन्तै घनिष्ठ सम्बन्ध छ । प्रसाईंले ओलीलाई ‘हजुरबुवा’ भनेर सम्बोधन गर्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्